मातृका प्रसाद यादव

प्रतिनिधिसभा सदस्य
धनुषा-१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
२१४८३
लिङ्ग
पुरुष
हालको पद
उपमहासचिव, नेकपा माओवादी केन्द्र
शैक्षिक योग्यता
प्रविणता प्रमाणपत्र तह

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवको जन्म २०१५ साल असोज ३ गते धनुषामा भएको हो । त्रिवेनी हाई स्कुल उदयपुर कटारीबाट एसएलसी पास गरेका यादवले सूर्यनारायण सत्यनारायण मर्वैता बहुमुखी क्याम्पस, सिरहाबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ ।
२०२८ सालमा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव २०३४ सालको चौथो महाधिवेशनमा मसालमा सामेल हुनु भएको थियो । माओवादी जनयुद्धका बेला उहाँले मधेश व्युरोको नेतृत्व गर्नु भएको थियो ।
२०६३ सालको अन्तरिम व्यवस्थापिका सांसदमा प्रतिनिधित्व गरेका यादव २०६४ सालको संविधानसभा चुनावमा समानुपातिकबाट सांसद हुनुभएको थियो । २०६३ सालमा वनमन्त्री र २०६५ सालमा भूमिसुधार मन्त्री भएका उहाँ हाल धनुषाको सबैला नगरपालिका वडा नं २ बस्दै आउनुभएको छ ।
२०७४ सालको चुनावमा उहाँ धनुषा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो ।