नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

घोषणा पत्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालको तेस्रो ठूलो पार्टी हो । नेपालमा १० वर्षे जनयुद्ध गरेपछि माओवादी संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी बनेको थियो । दोस्रो संविधानसभापछि तेस्रो ठूलो दल बनेको पार्टी हो । यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ । यो पार्टीले मार्क्सवाद, लेनिनवाद, माओवाद पार्टीका सिद्धान्त मान्दै आएको छ ।  वि.स. २०५२ फागुन १ मा सशस्त्र आन्दोलनको घोषणा गर्दै जनयुद्धमा होमिएको यो पार्टीले पछि वि.स. २०६२ मंसिर ७ गते राजतन्त्र विरुद्ध ७ संसदवादी दलहरूसँग १२ बुँदे समझदारी गर्यो । र वि.स. २०६३ वैशाख १३ गते पार्टीले र वैशाख २१ गते सरकारले युद्धविराम गर्यो । २०६४ साल चैत २८ गतेको संविधानसभाको चुनावमा माओवादी प्रमुख ठूलो पार्टी बन्यो र २०६५ साउन ३२ गते संविधानसभाको दुईतिहाई बहुमतले प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । स्थापनाकालदेखि नै पार्टीको अध्यक्षमा प्रचण्ड निरन्तर रहँदै आउनुभएको छ । यो पार्टीले वि.स.२०७४ को चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेको थियो । त्यसपछि दुई पार्टी एकीकरण भएर नेकपा बने पनि पछि सर्वोच्चको आदेशले छुट्टाछुट्टै पार्टीको रुपमा अस्तित्वमा आयो । अहिले माओवादीले कांग्रेस लगायतका दलहरुसँग गठबन्धन गरेको छ । 
 

थप