महिन्द्र राय यादव

प्रतिनिधिसभा सदस्य
सर्लाही-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
८५
प्राप्त मत
२३५२९
लिङ्ग
पुरुष
हालको पद
अध्यक्ष, नेपाल समाजवादी पार्टी (नेसपा)
शैक्षिक योग्यता
एसएलसी

पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका नेता एवम् अहिलेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्रराय यादवको जन्म विसं २०११ साल वैशाख २ गते सर्लाहीको हरिपुर्वामा भएको हो । उहाँको बुवाको नाम शुभकरण यादव र आमाको नाम पुलियादेवी यादव हो ।
२०४४ सालदेखि मधेश केन्द्रित दलबाटै राजनीति गरिरहनु भएका नेता राय २०५१ सालमा नेकपा एमालेबाट सर्लाही १ मा विजयी हुनु भएको थियो । मधेश आन्दोलनसँगै तमलोपामा प्रवेश गर्नु भएका नेता राय २०६४ सालमा भएको संविधानसभा चुनावमा सर्लाही क्षेत्र नम्बर ५ मा सदभावना पार्टीका उम्मेदवार खोभारी रायसँग पराजित हुनुभएको थियो । 
एसएलसी पास गर्नुभएका नेता रायले २०७० सालको दोस्रो संविधान सभा चुनावमा तमलोपाको तर्फबाट सर्लाही क्षेत्र नम्बर ५ मा विजयी हुनुभयो । 
कुनै बेला तराई मधेश लोकान्त्रिक पार्टीको सह–अध्यक्षको भूमिकामा रहनु भएका नेता रायलाई तराई मधेश केन्द्रित दलहरु एक ठाउँमा उभिएपछि महामन्त्रीको पद दिइएको थियो ।
पार्टी भित्र केही नेताहरुबीच विवाद सुरु भएपछि स्थानीय तह चुनावको मुखैमा उहाँले राजपा छोडेर नेकपा एमालेलाई सहयोग गर्नुभयो । नेता राय धेरै समयसम्म एमालेमा पनि अडिन सक्नु भएन । उहाँ फेरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो र २०७४ सालको प्रतिनिधिसभा सदस्यका लागि सर्लाही २ बाट कांग्रेसको टिकट पाएर विजयी पनि हुनुभयो । 
पटकपटक ठूला मन्त्रालयको जिम्मेवारी पाइसक्नु भएका नेता रायले अहिले भने आफ्नै अध्यक्षतामा नेसपा गठन गर्नु भएको छ ।