अस्मिता सिहं (मानुषी) यमि भट्टराई

प्रतिनिधिसभा सदस्य
काठमाडौं-७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
३६
प्राप्त मत
६०६३
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीकी छोरी मानुषी प्रतिनिधि सभाको चुनावमा सत्ता गठबन्धनकी साझा उम्मेदवार हुनुहुन्छ । उहाँ माओवादी केन्द्रको चुनाव चिह्न लिएर काठमाण्डौ–७ बाट प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । आफ्नो बुवाआमासँगै राजनीतिक उतारचढाव भोग्दै आउनुभएकी मानुषी पछिल्लो समय जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सचिवसमेत हुनुहुन्थ्यो । 

अहिले मानुषी उम्मेदवार भएको क्षेत्रबाट वि.स. २०६४ को पहिलो संविधान सभाको चुनावमा तत्कालीन माओवादी नेतृ तथा मानुषीकी आमा हिसिला यमी भट्टराई विजयी हुनुभएको थियो । तर २०७० को चुनावमा यही क्षेत्रबाट हिसिला यमी पराजित हुनुभएको थियो ।