पम्फा भुसाल

प्रतिनिधिसभा सदस्य
ललितपुर-३

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
८७६९
लिङ्ग
महिला
हालको पद
पोलिटब्यूरो सदस्य
शैक्षिक योग्यता
स्नातकोत्तर

नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालको जन्म २०१९ साल साउनमा अर्घाखाँची किमडाँडा –५ मा भएको हो । भुसालका ५ दिदीबहिनी र एक भाइ छन् । उहाँ चाहिँ साहिँली हुनुहुन्छ ।
उहाँ पहिलो संविधानसभा चुनावबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत ललितपुर ३ बाट विजयी हुनुभएको थियो । उहाँ २०७० सालमा भने चुनाव वहिस्कार गर्ने मोहन वैद्य किरण नेतृत्वको दलमा हुनुहुन्थ्यो । भुसालले विक्रम संवत २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट यात्रा सुरु गर्नुभएको थियो
पम्फा भुसाल २०५० सालमा संयुक्त जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष हुनु भएको थियो । उहाँ २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य बन्नुभएको थियो । फुर्सदको बेला सामाजिक तथा राजनैतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल समाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउनुहुन्छ ।
औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसालले ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्यूरो सदस्य बन्नुभएको हो । उहाँ माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम सरकारमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बन्नु भएको थियो ।
२०७४ सालको चुनावमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव जित्नु भएकी भुसाल अहिले ऊर्जामन्त्रीसमेत हुनुहुन्छ ।