बीना मगर

प्रतिनिधिसभा सदस्य
कञ्चनपुर-१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
३८
प्राप्त मत
१९४००
लिङ्ग
महिला
हालको पद
केन्द्रीय समिति सदस्य
शैक्षिक योग्यता
स्नातक

नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगर केन्द्रीय समिति सदस्य हुनुहुन्छ । २०४० सालको मंसिरमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा जन्मिएकी मगरले पुनर्वास जनता माविबाट एसएलसी र काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह पास गर्नुभएको छ । त्यस्तै सरस्वती क्याम्पसबाट उहाँले स्नातक पास गर्नुभएको छ ।


२०५१ सालमा बाल जनकलाकार संगठनबाट माओवादी पार्टीमा आबद्ध भएकी बिना मगर माओवादीको सशस्त्र युद्धमा लडाकु हुनुहुन्थ्यो । 
उहाँ काठमाण्डौमा क्याम्पस पढ्दा पढ्दै माओवादीको सशस्त्र युद्धमा लाग्नुभएको थियो ।


२०७० सालको चुनावमा कञ्चनपुर १ बाट उम्मेदवार बने पनि पराजित हुनुभएको थियो । तर, २०७४ सालको चुनावमा भने उहाँ त्यसै क्षेत्रबाट विजयी हुनुभयो । उहाँ खानेपानीमन्त्री समेत हुनुभयो ।