देव प्रसाद गुरुङ

प्रतिनिधिसभा सदस्य
लमजुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
३१७९१
लिङ्ग
पुरुष
हालको पद
महासचिव, नेकपा माओवादी
शैक्षिक योग्यता

देवप्रसाद गुरुङ नेकपा माओवादीका महासचिव हुनुहुन्छ । पार्टी फुटेपछि मोहन वैद्य नेतृत्वको माओवादीमा लागेर २०७० सालको चुनाव बहिस्कार गरेका गुरुङ पछि फेरि माओवादीमै फर्कनुभयो । 
उहाँ २०६४ सालको चुनावमा मनाङ र कास्कीबाट विजयी हुनुभएको थियो । यस्तै २०७४ सालको चुनावमा लमजुङ क्षेत्र नम्बर १ बाट विजयी हुनुभयो ।
२०३६ सालदेखि नै राजनीतिमा लाग्नुभएका गुरुङ ०४२ सालमा अखिल छैठौंको अध्यक्ष हुनुभएको थियो । उहाँ स्थानीय विकास मन्त्री, कानुन मन्त्री तथा माओवादीको प्रमुख सचेतकसमेत  भैसक्नु भएको छ ।
लामो समयदेखि नै माओवादीको केन्द्रीय नेतृत्वमा रहेका गुरुङ जनयुद्ध थालनी भएको केही समयपछि नै गोरखाबाट गिरफ्तार हुनुभयो । रुकुम महतको चौकी कब्जा गर्दा अपहरणमा परेका तत्कालीन डीएसपी ठूले राईलाई माओवादीले छोड्दा गुरुङलाई पनि राज्यपक्षले छाडेको थियो । उहाँ तत्कालीन माओवादी र सरकारबीच भएको वार्ताटोलीको सदस्य पनि हुनुहुन्थ्यो ।
अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी सांसदमा उहाँ माओवादी संसदीय दलको उपनेता हुनुहुन्थ्यो । यसैगरी गुरुङ अन्तरिम संविधान निर्माण गर्ने टोलीमा पनि संलग्न हुनुभयो ।
अति विकट हिमालपारीको जिल्ला मनाङको ओडारगाउँमा जन्मनुभएका गुरुङ विद्यार्थी कालदेखि नै राजनीतिमा लाग्नुभएको हो ।