शक्ति बहादुर वस्नेत

प्रतिनिधिसभा सदस्य
जाजरकोट

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५३
प्राप्त मत
३४१५१
लिङ्ग
पुरुष
हालको पद
उपमहासचिव, माओवादी केन्द्र
शैक्षिक योग्यता
मानविकीमा स्नातक

माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री तथा त्यसअघि स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । 


मानविकीमा स्नातक शक्तिबहादुर बस्नेतको जन्म २०२८ साल वैशाख १ गते जाजरकोटको खलंगामा भएको हो । उहाँका बुबाको नाम डण्डवीर बस्नेत र आमाको नाम धर्मकुमारी बस्नेत हो ।
बस्नेतले विद्यार्थी हुँदै राजनीति सुरु गर्नुभएको हो । वि.सं. २०४७ सालदेखि राजनीति थालेका बस्नेत २०५५ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य हुनुभयो । २०६० सालमा पोलिटब्यूरो सदस्य हुँदै बस्नेत सशस्त्र विद्रोहकालमा माओवादी लडाकुको डिभिजन कमिसार समेत हुनुभयो ।


सशस्त्र विद्रोहकालमा उहाँले जाजरकोट, सुर्खेत, दाङ, बर्दिया, डोल्पा, जुम्ला, बाँके, प्यूठान, दैलेख जिल्लामा काम गर्नुभएको थियो । 
पार्टीमा सरल स्वभावका चलाख नेताका रुपमा चिनिने बस्नेत २०७० सालको चुनावमा जाजरकोट क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । २०७४ सालको चुनावमा पनि उहाँ यसै क्षेत्रबाट विजयी हुनु भएको हो ।