बर्षमान पुन

प्रतिनिधिसभा सदस्य
रोल्पा

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५१
प्राप्त मत
४१७१४
लिङ्ग
पुरुष
हालको पद
उपमहासचिव, नेकपा माओवादी केन्द्र
शैक्षिक योग्यता
स्नातक

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको जन्म २०२८ साल जेठ १८ गते जङ्कोट–१ रोल्पामा भएको हो । उहाँले कानूनमा स्नातक गर्नुभएको छ ।
आफ्ना शिक्षक कृष्णबहादुर महराबाट प्रभावित भएर २०४२ सालदेखि राजनीतिमा सक्रिय रुपमा लागेका पुन २०४८ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बन्नुभएको थियो । २०५५ सालमा पार्टीको केन्द्रीय सदस्य भएका पुन पार्टीको स्थायी समिति सदस्य तथा पोलिटव्युरो सदस्य समेत हुनुभयो । 
सशस्त्र बिद्रोहकालमा धेरैवटा आक्रमणको नेतृत्व गरेका पुन माओवादी लडाकुका डेपुटी कमाण्डर हुनुहुन्थ्यो ।
विसं २०६४ सालको संविधानसभा चुनावमा ललितपुर क्षेत्र नम्वर १ बाट निर्वाचित पुन २०७० सालको दोस्रो संविधानसभा चुनावमा मोरङ क्षेत्र नम्बर ९ बाट पराजित हुनुभयो । भने २०७४ सालको चुनावमा भने रोल्पा क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो । 
डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री भएका पुन ऊर्जामन्त्रीसमेत हुनुभयो । 
अवसरको पहिचान गर्न सिपालु र आफ्नो काममा प्रतिबद्ध नेताका रुपमा परिचित वर्षमान पुनलाई छोटो समयमा पार्टीमा धेरै प्रगति गरेका नेताका रुपमा लिइन्छ । उहाँले धेरैजसो समय पार्टी अध्यक्ष ‘प्रचण्ड’ निकट भएर काम गर्नुभएको छ ।