गिरिराज मणी पोखरेल

प्रतिनिधिसभा सदस्य
महोत्तरी-१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६५
प्राप्त मत
२२३७२
लिङ्ग
पुरुष
हालको पद
उपमहासचिव, माओवादी केन्द्र
शैक्षिक योग्यता
व्यवस्थापन र कानुन संकायमा स्नातकोत्तर

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको जन्म विसं २०१५ साल फाल्गुण २४ गते खार्पा, खोटाङमा भएको हो । उहाँका बुबाको नाम चन्द्रमणी र आमाको नाम कनककुमारी पोखरेल हो । पोखरेलले व्यवस्थापन र कानुन संकायबाट स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ ।
पोखरेलले २०३६ सालदेखि राजनीति सुरु गर्नुभएको हो । उहाँ २०६४ तथा २०७० सालमा भएको संविधानसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । त्यस्तै २०७४ सालको संसदीय चुनाव पनि उहाँले महोत्तरी क्षेत्र नम्बर १ बाटै जित्नु भएको हो ।
पोखरेल गणतन्त्र स्थापना भएपछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँ २०७२ सालमा शिक्षामन्त्री र २०७४ सालको जेठमा स्वास्थ्यमन्त्री हुनुभयो ।