देवेन्द्र पौडेल

प्रतिनिधिसभा सदस्य
बाग्लुङ-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५७
प्राप्त मत
२४७९४
लिङ्ग
पुरुष
हालको पद
सचिव, नेकपा माओवादी केन्द्र
शैक्षिक योग्यता
स्नातक

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलको जन्म २०२१ साल पुष २८ गते बाग्लुङको अमलाचौर १ मा भएको हो । दाजुहरुको प्रेरणाबाट कम्युनिष्ट आन्दोलनमा लागेका पौडेलले शिक्षाशास्त्र संकाय तर्फबाट स्नातक गर्नुभएको छ ।
यस्तै पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०३४ सालमा नै विद्यार्थी संगठनमा आबद्ध भएका पौडेल २०४१ सालमा अखिल छैटौंका बाग्लुङ जिल्ला अध्यक्ष हुनुभयो । त्यसपछि त्यस संगठनको उहाँ केन्द्रीय कोषाध्यक्ष, महासचिव र उपाध्यक्ष समेत हुनुभयो ।
मोहनविक्रम सिंह नेतृत्वको तत्कालीन नेकपा (मसाल) बाट हरिबोल गजुरेल, डा. बाबुराम भट्टराई, बिनबहादुर कुँवर, टोपबहादुर रायमाझीसँगै उहाँ पनि अलग भएर विद्रोही मसाल बन्यो । त्यसपछि एकता केन्द्र हुँदै नेकपा माओवादीमा संगठित हुनुभयो ।
२०३७ सालमा तत्कालीन नेकपा चौम (चौथो महाधिवेशन) को सदस्यता लिएका पौडेल ०३९ सालमा पार्टीको पूर्णकालीन सदस्य हुनुभयो भने ०५७ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभयो । २०७२ सालमा माओवादी छाडेर बाबुराम भट्टराइको नयाँ शक्तिमा पुगेका पौडेल फेरि माओवादीमै फर्केर स्थायी समिति सदस्य हुनुभएको थियो । छ ।
पौडेल २०६४ सालमा भएको संविधानसभा चुनावमा काठमाण्डौ क्षेत्र नम्वर ९ मा पराजित हुनु भएको थियो । २०७४ सालको चुनावमा भने बाग्लुङ क्षेत्र नम्बर २ बाट विजयी हुनुभयो ।