जनार्दन शर्मा

प्रतिनिधिसभा सदस्य
रुकुम पश्चिम

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५९
प्राप्त मत
३९५४९
लिङ्ग
पुरुष
हालको पद
उपमहासचिव, नेकपा माओवादी केन्द्र
शैक्षिक योग्यता
स्नातक

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ अहिले अर्थमन्त्री हुनुहुन्छ । बजेट तयार गर्दा अनधिकृत व्यक्ति प्रवेश गराइ करको दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिनुभएका शर्मा आरोप पुष्टि हुन नसकेपछि फेरि अर्थमन्त्रीमा नियुक्त हुनुभयो । शर्मा गृहमन्त्री, विना विभागीयमन्त्री साथै शान्ति तथा पुनर्निर्माण मन्त्री पनि हुनुभयो । 
उहाँको जन्म २०२० साल बैशाख १२ गते रुकुम जिल्लामा भएको हो । स्कन्द शर्मा र नर्मदा शर्माका छोरा जनार्दन शर्माका एक छोरी र एक छोरा छन् । उहाँका बुवा रुकुममा कम्युनिष्ट पार्टीको संस्थापक जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।
शर्मा २०६४ तथा २०७० सालको संविधानसभा चुनावमा रुकुम जिल्लाको क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो । २०७४ सालको चुनावमा भने उहाँ रुकुम क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको हो । अहिले उहाँ रुकुम पश्चिमबाट उम्मेदवारी दिनु भएको छ ।
राजनीतिशास्त्र र नेपालीमा स्नातक शर्मा २०३६ सालको विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा सक्रिय हुनुभएको हो । जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक शर्मा प्लाटुन, बटालियन कमिसार हुँदै डिभिजन कमाण्डर ७ वटा डिभिजन भएपछि डेपुटी कमाण्डर हुनुभएको थियो ।
उहाँकी श्रीमती लक्ष्मी पौडेल पनि माओवादीको राज्यसमितिको सदस्य हुनुहुन्थ्यो । नाच्न गाउन खप्पिस शर्मा २०४६ सालमा नाचगान गरेकै आरोपमा शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमा थुनिनु भएको थियो । शर्मा २०५५ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभएको हो । 
प्रचण्ड प्रधानमन्त्री हुँदा उर्जामन्त्री भएका शर्मा देशमा लोडसेडिङ हटाएर लोकप्रिय बन्नु भएको थियो ।