महेन्द्र बहादुर शाही

प्रतिनिधिसभा सदस्य
कालिकोट

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४५
प्राप्त मत
२३७२७
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको जन्म वि.स. २०३३ सालमा भएको हो । कालिकोटका शाही साविकको कोटिला गाउँका स्थायीबासी हुनुहुन्छ । माओवादी केन्द्रभित्र इमान्दार नेताको छवि बनाउनुभएका शाही २०७० को संविधानसभा चुनावमा कालिकोट क्षेत्रनम्बर १ बाट विजयी हुनुभएको थियो । यस्तै २०७४ को प्रदेश सभा चुनावमा कालीकोट क्षेत्र नम्बर खबाट विजयी हुँदै उहाँ कर्णाली प्रदेशको मुख्य मन्त्री बन्नुभयो । 

माओवादीका जनमुक्ति सेना नेपालका सातौँ डिभिजन कमाण्डर रहनुभएका शाहीले कालीकोटमा माओवादी विस्तारको ठूलो योगदान रहेको छ । माओवादीमा ‘प्रज्वल’ उपनामले चिनिने शाहीले माओवादी लडाइका ठूला मोर्चाहरुमा निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । २०४८ सालमा नेकपा मसाल एकता केन्द्रबाट राजनीतिक यात्रा शुरु गर्नुभएका शाही २०५२ सालको माओवादी जनयुद्धको सुरुदेखि भूमिगत हुनुभयो । शाहीले एसएलसीसम्मको पढाइ गर्नुभएको छ । भूमिगत अवस्थामा पनि राजनीतिक र फौजी दुवै मोर्चामा सैन्य नेतृत्व सम्हाल्दै अघि बढ्नुभयो ।