प्रेम सुवाल

प्रतिनिधिसभा सदस्य
भक्तपुर-१

(विजयी)

नेपाल मजदुर किसान पार्टी

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६२
प्राप्त मत
४२७६१
लिङ्ग
पुरुष
हालको पद
सचिव, नेपाल मजदुर किसान पार्टी
शैक्षिक योग्यता
वाणिज्य शास्त्रमा स्नातकोत्तर

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको जन्म २०१७ सालको असार ३ गते भक्तपुर नगरपालिकाको चोछेंमा भएको हो । उहाँले शंकरदेव क्याम्पसबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।
२०३४ सालबाट राजनीति सुरु गरेका प्रेम २०७० सालमा समानुपातिक तर्फबाट सभासद बन्नुभयो । प्रेम २०३९ र २०४४ सालमा भक्तपुर नगर पंचायतको ९ को वडाअध्यक्ष, २०४७ सालमा नेमकिपाको केन्द्रीय सदस्य, पार्टीको मुखपत्र श्रमिक साप्ताहिक र मजदूर दैनिकको तत्कालीन सम्पादक तथा २०४९ सालदेखि पार्टीको केन्द्रीय सचिव हुनुहुन्छ । 
उहाँ २०५४ सालमा भक्तपुर नगरपालिकाको प्रमुख हुनुभएको थियो । 
उहाँले २०७४ सालको संसदीय चुनावमा भक्तपुर क्षेत्र नम्बर १ बाट विजय हासिल गर्नु भएको थियो ।