शेर बहादुर तामाङग

प्रतिनिधिसभा सदस्य
सिन्धुपाल्चोक-२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५३
प्राप्त मत
२७५१५
लिङ्ग
पुरुष
हालको पद
केन्द्रीय सदस्य
शैक्षिक योग्यता
कानून, मानवशात्र, समाजशात्र र इतिहासमा स्नातकोत्तर

एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङको जन्म २०२५ साल चैत १ गते सिन्धुपाल्चोकको सिन्धुकोटमा भएको हो ।
मानवशात्र, समाजशात्र र इतिहासमा स्नातकोत्तर गरेका तामाङले कानून विषयमा पनि स्नातकोत्तर पास गर्नुभएको छ । तामाङले २०३६ सालमा सरस्वती मावि ग्याल्थुममा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा बसेर राजनीति सुरु गर्नुभएको हो ।
उहाँ ०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष, २०४१ सालमा सेल कमिटी, २०४२ सालमा पाटीको सहयोग समूह, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभयो ।
२०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरेका तामाङ २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव बन्नुभयो ।
२०५९ सालमा नेकपा एमाले वाग्मती अञ्चल सदस्य बनेका तामाङले २०६३ सालमा गुम्वा विकास समिति सदस्य सचिव भएर पनि काम गर्नुभएको थियो । उहाँ एमालेको केन्द्रीय सदस्य, वाग्मती प्रदेशको सहइन्चार्ज, नेकपा एमाले महाधिवेशन आयोजक कमिटी सदस्य, केन्द्रीय कार्यालय सचिवसमेत हुनुभयो । 
२०६४ सालको संविधानसभा चुनावमा पराजित भएका तामाङ २०७० तथा २०७४ सालको चुनावमा विजयी हुनुभयो । २०७४ सालको चुनावमा उहाँ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको हो । 
स्वास्थ्यमन्त्री तथा कानुनमन्त्रीसमेत भइसकेका तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुबारे गरेको टिप्पणीकै कारण मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।
नेकपा एमाले विभाजन भएपछि तामाङ पहिले माधव नेपाल पक्षमा हुनुहुन्थ्यो । पछि भने उहाँ एमालेमै फर्किनु भयो ।