मोहन बहादुर बस्नेत

प्रतिनिधिसभा सदस्य
सिन्धुपाल्चोक-२

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६४
प्राप्त मत
३९३८१
लिङ्ग
पुरुष
हालको पद
जिल्ला सभापति तथा केन्द्रीय सदस्य
शैक्षिक योग्यता
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको सभापति तथा केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतको जन्म २०१५ साल भदौ २७ गते सिन्धुपाल्चोकको बाह्रबिसे–६ मा भएको हो । १४ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका बस्नेत २०३४ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय हुनभयो । केही महिना भूमिगत जीवन पनि बिताएका बस्नेतले ३ महिना निर्वासित जीवन र १ वर्ष बन्दी जीवन पनि बिताउनुभएको छ ।
२०४६ देखि राजनीतिमा सक्रिय बस्नेतले बहुदलपछिको पहिलो आमचुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएका बस्नेत २०६४ को पहिलो संविधानसभा चुनावमा पराजित हुनु भएको थियो । 
२०७० सालको दोस्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार अरुण नेपाललाई ३२ मतले हराउँदै विजयी हुनुभयो । २०७४ सालको चुनावमा उहाँ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट पराजित हुनुभएको थियो । उहाँ पूर्व मन्त्रीसमेत हुनुहुन्छ । 
बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । उहाँ मार्सल आर्टको खेलाडी पनि हुनुहुन्छ ।