राजु थापा

प्रतिनिधिसभा सदस्य
स्याङ्जा-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४३
प्राप्त मत
३१९९९
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
विज्ञान संकायमा प्रमाणपत्र तह

नेपाली कांग्रेसका नेता राजु थापाको जन्म वि.सं २०३५ साल असोज ९ गते स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्वर ६, स्याङ्जामा भएको हो । उहाँका बुवाको नाम फत्तबहादुर र आमाको नाम डिलकुमारी थापा हो । उहाँले काजिमान हिरिटिका माविबाट एसएलसी सम्मको शिक्षा लिनुभएको छ । थापाले पृथ्वीनारायण क्याम्पस पोखराबाट विज्ञान संकायमा प्रमाणपत्र तह उत्तीर्ण गर्नु भएको छ ।
२०४६ सालको जनआन्दोलबाट राजनीतिमा प्रवेश गर्नु भएका थापा २०७० सालको चुनावमा विजयी भए पनि २०७४ सालको चुनावमा भने स्याङ्जा क्षेत्र नम्बर १ बाट पराजित हुनु भयो ।