अभिषेक प्रताप शाह

प्रतिनिधिसभा सदस्य
कपिलवस्तु-३

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४०
प्राप्त मत
१८९८३
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

२०३९ साल असोज १९ गते कृष्णनगर – २ कपिलवस्तुमा जन्मिएका अभिषेक प्रताप साहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

उहाँले २०६३ सालको पुनःस्थापित संसद सदस्यको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति थाल्नु भएको हो । बुवा अजयप्रताप साह र आमा सरोजका छोरा अभिषेकले वाणिज्य संकायबाट स्नातक गर्नुभएको छ ।

उहाँले भारतस्थित गोरखपुर विद्यालयबाट एसएलसी र भारतकै लखनऊ कलेजबाट स्नातक सम्मको अध्ययन गर्नुभएको छ  ।

साह २०६४ सालको संविधानसभा चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका मञ्जुर अहमदलाई पराजित गर्दै विजयी हुनु भएको थियो । २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा उहाँ कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी हुनु भएको हो ।

संघीय समाजवादी फोरमको उपमहासचिव पदबाट राजीनामा गरी नेपाली कांग्रेस प्रवेश गरेका साह हाल कृष्णनगर नगरपालिका कृष्णनगरमा बसोबास गर्दै आउनु भएको छ ।