देवेन्‍द्र राज क‌ण्डेल

प्रतिनिधिसभा सदस्य
उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६५
प्राप्त मत
१९५९४
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्‍द्र राज क‌ण्डेलको जन्म नवलपरासीको रमपुरवा गाविस वडा नम्बर ६ मा २०१३ साल चैत ६ गते भएको हो । बुवा पृथ्वीराज र आमा धनदेवी क‌ण्डेलबाट जन्मेका देवेन्द्रराज क‌ण्डेलका एक छोरा र एक छोरी छन् ।
परिवार नै राजनीतिमा भएकाले उहाँ सुरुदेखि नै राजनीतिक संस्कारमा हुर्कनुभयो । उहाँकी हजुरआमा राधादेवी क‌ण्डेल २०१५ सालमा नेपाली कांग्रेस संसदीय समितिको सदस्य हुनुहुन्थ्यो । बुवा पृथ्वीराज पनि २०१५ सालमा निर्वाचित सांसद हुनुहुन्थ्यो ।
पारिवारिक वातावरणकै कारण उहाँ राजनीतिमा सक्रिय हुन थाल्नुभयो । २०३८ सालमा उहाँ पहिलोपटक प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । पार्टीलाई सहयोग गर्ने हिसाबले उहाँ दुईपटक प्रधानपञ्च बन्नुभयो ।
बहुदलपछि उहाँ २०५१ र २०५६ सालमा भएको चुनावमा नवलपरासी क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो । तर, २०६४ र २०७० सालको चुनावमा उहाँ पराजित हुनुभएको थियो । २०७४ सालको संसदीय चुनावमा भने उहाँ नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट विजयी हुनुभयो ।
उहाँ २०५४ र २०५६ मा गरी दुईपटक गृह राज्यमन्त्री हुनुभयो । उहाँ गृह राज्यमन्त्री हुँदा तत्कालीन नेकपा माओवादीका नेताहरुको टाउकाको मोल तोकेका कारण नेकपा माओवादीका कार्यकर्ताले उहाँलाई २०६० भदौमा ललितपुरको कुसुन्तीमा गोली प्रहार गरेका थिए । १७ राउण्ड प्रहार गरिएका गोलीमध्ये ७ राउण्ड उहाँलाई लागेको थियो भने अझै पनि एउटा गोली छातीबाट निकालिएको छैन ।