सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, ताेलाकाे १ लाख २७ हजार ९ सय रुपैयाँ

 चैत १५, २०८० बिहिबार १५:३२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । सुन तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज १ हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको हो ।  यसअघि गएको चैत ८ गते सुन तोलाको एक लाख २७ हजार ८ सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलाको १ हजार ४ सय ९० रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया