निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर आयोजना ब्लु इनर्जी प्रालिको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) बदरको मागसहित सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ । आयोजनाले उत्पादन गर्ने भनिएको एक सय मेगावाट बिजुली उत्पादन रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएकाे हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठसहित स्थानीय ५९ जनाले हिजो दायर गर्नुभएको रिटमा बिजुली उत्पादन गर्नेगरी २०७४ साल साउन ३ गते पारित भएको ईआईए बदर गर्न माग गरिएको छ ।
रिटमा नुवाकोटको देवीघाटबाट चितवनको देवघाटसम्मको त्रिशूली नदीको क्षेत्र र नारायणी नदीको देवघाटबाट त्रिवेणी, नवलपरासी बर्दघाट सुस्तापूर्वसम्मको नदी क्षेत्रलाई सम्पदा नदी घोषणा गर्न माग गरिएको छ ।
यस्तै नदीको अस्तित्व र प्राकृतिक महत्त्व जोगाउनुपर्ने रिटमा उल्लेख छ । दायर गरिएको रिटमा आयोजनाले बिजुली उत्पादनकाे कुनै पनि काम शुरु नगरेको तथा जग्गा अधिकरण गर्ने, क्षतिपूर्ति दिने, क्षतिको पहिचान र व्यवस्थापन गर्ने, मुर्दाघाट सार्ने, र्याफ्टिङ व्यवसायको समस्या सम्बोधनलगायत विषयमा ध्यान नदिएको उल्लेख छ ।