सभामुखको टोली जेनेभाबाट फर्कियो

 चैत १६, २०८० शुक्रबार १२:२९:४० | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – स्विट्जरल्यान्डकाे जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे नेतृत्वको टोली आज स्वदेश फर्किएको छ ।

९ दिन लामो भ्रमण सकेर स्वदेश फकिर्ने क्रममा सभामुख घिमिरेले अन्तर–व्यवस्थापिका सङ्घको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ । उहाँले सभामा नेपालको तर्फबाट प्रभावकारी ढङ्गबाट सहभागिता जनाएको बताउनुभयो ।

नेपालले सभामा जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखापरिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढङ्गबाट संसद्ले खेल्ने भूमिकाबारेमा कुरा उठाएको सभामुखकाे भनाइ छ । सभामुख घिमिरेले अहिले देखापरेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता देशहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको पनि बताउनुभयो ।

सभामुखसहितको टोली एक हप्ताअघि गएको बिहीवार जेनेभा गएको थियो । सभामुख घिमिरेको टोली ९ दिन लामो भ्रमणमा गएपछि प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको थियाे । अब संसदीय गतिविधि तीव्ररूपमा अघि बढ्ने सभामुखले विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया