नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० खेल आज

 चैत १७, २०८० शनिबार ६:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल आज हुँदैछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ ।

हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो । यो श्रृङ्खला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ । श्रृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि शुरु हुने तीन खेलको एकदिवसीय शृङ्खलामा खेल्नेछन् । आयरल्यान्ड ए टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया