चीनको चिकित्सा उपकरण बजार एक दशमलव २७ ट्रिलियन यूआन पुग्यो

 चैत १७, २०८० शनिबार ६:५९:४७ | एजेन्सी
unn.prixa.net

चीनको चिकित्सा उपकरण बजार एक दशमलव २७ ट्रिलियन यूआन पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । अघिल्लो वर्ष सन् २०२३ मा चीनको चिकित्सा उपकरणको बजार कुल एक दशमलव २७ ट्रिलियन यूआन अर्थात् १७९ बिलियन अमेरिकी डलर रहेको सार्वजनिक तथ्याङ्कले देखाएको हो ।

चीनको दक्षिणपश्चिम चोङकिङ सहरमा हिजोदेखि शुरु भएको चाइना मेडिकल इक्विपमेन्ट सम्मेलनमा चिकित्सा उपकरणको संस्था चाइना एसोसिएसनले पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको हो । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १० दशमलव ४ प्रतिशतले धेरै रहेको सङ्घले जनाएको छ ।

चीन चिकित्सा उपकरणको लागि विश्वको दोस्रो ठूलो एकल बजार बनेको छ । चीनमा मध्यदेखि उच्चसम्मको चिकित्सा उपकरणको उत्पादनमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएका र  यसमा नवीन चिकित्सा उपकरणहरू तीव्र गतिमा विकास भएको पाइएको सङ्घ अध्यक्ष होउ यानलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०२३ मा, चीनमा एक लाख ३८ हजार चिकित्सा उपकरण पेटेन्ट आवेदनहरू थिए । जुन विश्वका सबै पेटेन्ट आवेदनहरूको ६७ प्रतिशत प्रतिनिधित्व हुन्छ । पेटेन्टको अर्थ कुनै वस्तु आविष्कारक वा उत्पादकलाई सरकारले निश्चित अवधिसम्म त्यो वस्तु उत्पादन, प्रयोग र बिक्रीका लागि दिने अधिकार हो ।

नयाँ आविष्कार वा वस्तु आफ्नो नाममा दर्ता गरेपछि निश्चित समयसम्म त्यसको उत्पादन, उपयोग र बिक्री गर्ने अधिकार सुरक्षित हुन्छ । कसैले नक्कल गरेमा जरिवाना तिर्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया