इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी घोषणा

 चैत १७, २०८० शनिबार १८:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेता इलाम पुगेर मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेका हुन् ।

यसैबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय पुगेर चुनावको तयारीबारे जानकारी लिनुभयाे । एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उपचुनावको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने र तयारीदेखि परिणाम घोषणासम्म विश्वसनीय योजना बनाउन गृहमन्त्री लामिछानेले निर्देशन दिनुभएको हो ।

यस्तै इलाममै आयोजित अन्तरक्रियामा गृहमन्त्री लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ । उहाँले सीमा वा विमानस्थलमा जहाँ भए पनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दावी गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया