निजी क्षेत्रका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या

 बैशाख २०, २०८१ बिहिबार १७:३९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालका निजी क्षेत्रका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या आएको छ । भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि इन्टरनेट काटिएको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कले जनाएकाे छ । आज दिउँसो पौने ४ बजेदेखि इन्टरनेटमा समस्या देखिन थालेको हो ।

नेपालका कम्पनीहरूले एअरटेललाई तीन अर्ब रुपैयाँ तिर्न बाँकी छ तर विभिन्न बक्यौता नतिरेको भन्दै सरकारले विदेशी मुद्राको सिफारिस गरिदिन अस्वीकार गर्दै आएको छ । सरकारले बाँकी रहेको झन्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता तिरेमात्रै विदेशी मुद्राको सिफारिस गरिदिने अडान लिएको छ । तर इन्टरनेट सेवा प्रदायकहरू भने सरकारले गैरकानुनी रूपले बक्यौता रकम तोकेको भन्दै आफूहरूले बक्यौता तिर्न नै बाँकी नभएको दाबी गर्छन् ।

सरकार र निजी कम्पनीको विवादका कारण भारतमा भुक्तानी हुन नसक्दा वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको नेटवर्क सुस्त चल्ने भएको हो । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले एअरटेल, टाटा लगायतका भारतीय कम्पनीलाई एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया