'एचआर मिट २०२४' मा एनसेल २ वटा अवार्डबाट सम्मानित

 चैत १९, २०८० सोमबार १८:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरेबापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जितेकाे छ ।

स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रालीले आयोजना गरेको एचआर मिट २०२४ को विशेष समारोहमा शनिवार एनसेललाई यी अवार्ड प्रदान गरिएका हुन् । राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात् नेशनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डको रूपमा चिनिन्छ र यसअघि एनसेलले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो ।

एनसेल एचआर मिट २०२४ मा दुई वटा विधामा अवार्ड प्राप्त गर्ने एनसेल एकमात्र कम्पनी हो । यो सम्मान एनसेलले व्यवसाय सञ्चालनका हरेक पक्षमा उत्कृष्टताका लागि गरेका निरन्तरको प्रयासको प्रमाण हो । नेशनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रमशक्तिको पोषण गर्ने कम्पनीको संस्कृति र प्रतिबद्धताको सम्मान गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यी अवार्डबाट सम्मानित भएपछि आफ्नो उत्साह प्रकट गर्दै भन्नुभयाे, ‘यो उल्लेखनीय उपलब्धि हामी कसरी आफ्ना  श्रमशक्ति केन्द्रित भएर कार्य गर्छाैँ भन्ने कुराको एक प्रमाण हो । एनसेल परिवारका प्रत्येक सदस्य हाम्रो यो सफलता र उनीहरूको समर्पण तथा योगदानका लागि हृदयदेखि प्रशंसाको हकदार छन् । यी सम्मानका लागि हामी निर्णायक मण्डल र आयोजक ग्रोथसेलर्स नेपाललाई धन्यवाद दिन्छौँ ।’

प्रा.डा. विजय केसी, बिना राणा र रीतु न्याछो सम्मिलित निर्णायक मण्डलले एनसेललाई ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ बाट सम्मान गर्ने निर्णय गरेको थियो । एचआर मिट २०२४ मा विभिन्न कम्पनीहरूलाई क्षेत्रगत रूपमा गरिएका उत्कृष्ट कार्यको सम्मान गर्दै एचआर इनोभेशन एन्ड टेक्नोलोजी अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर एक्पिरियन्स अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर ब्रान्डिङ अवार्ड २०२४ र एक्सिलेन्स इन इन्डस्ट्रियल रिलेशन अवार्ड २०२४ प्रदान गरिएका थिए ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया