कर्णाली प्रदेश सरकारले पूर्णता पायाे

 बैशाख १८, २०८१ मंगलबार १५:५३:१४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मङ्गलवार सरकारलाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि कँडेलले सात जना मन्त्रीलाई नियुक्त गर्दै सरकारलाई पूर्णता दिनुभएको छ ।

गएको चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल माओवादीे र एमाले केन्द्रबीच भएको लामो छलफलपछि माओवादीबाट चार जना र एमालेबाट तीन जना मन्त्री नियुक्त गर्नुभएको हो ।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी, सामाजिक विकासमन्त्रीमा वीरबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रणसिंह परियार नियुक्त भएका छन् । एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राख्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभयाे ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया