राष्ट्रिय सहकारी दिवस : सुशासन र विश्वसनियता बढाउनुपर्नेमा जोड

 चैत २०, २०८० मंगलबार ९:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – आज ६७ औँ राष्ट्रिय सहकारी दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ नाराका साथ यसवर्ष सहकारी दिवस मनाउन लागिएको हो ।

नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

देशभर अहिले झण्डै ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन् । पछिल्लो समय सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर र विश्वसनियतामा बढ्न सकेको छैन । कतिपय सहकारीको कारोबारमा जोखिम अवस्था छ । सहकारीले आफ्नो रकम अपचलन गरेको भन्दै बचतकर्चा नै आन्दोलनमा छन् ।

नियमविपरित सञ्चालन भएका सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गर्ने क्रम पनि बढ्दो छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया