गाजा : इजरायलका प्रधानमन्त्री नेतान्याहुकाे दक्षिणी रफाहमा आक्रमण नरोक्ने चेतावनी

 बैशाख १९, २०८१ बुधबार ९:३५:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

हमास लडाकु समूह र इजरायबीच युद्धविराम र बन्धक रिहाइका लागि मध्यस्तकर्ताको पहल भइरहेका बेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजा शहर रफाहमा आक्रमण नरोक्ने चेतावनी दिनुभएको छ ।

विभिन्न मध्यस्तकर्तामार्फत् युद्धविराम र बन्धकहरूको रिहाइका लागि सहमतिमा पुग्न कडा प्रयास भइरहेका बेला प्रधानमन्त्री नेतान्याहुको पछिल्लो अभिव्यक्ति आएको बीबीसीले जनाएको छ । बन्धकका परिवारसँगको भेटमा नेतान्याहुले युद्धविरामको सम्झौता भए पनि वा नभएपनि आक्रमण गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

नेतान्याहुले दक्षिणी गाजा शहर रफाहलाई पूर्ण ध्वस्त बनाउने इजरायलको लक्ष्य पुरा नहुन्जेल आक्रमण जारी राख्ने अडान लिएको खबरमा उल्लेख छ । गाजाको आधा भन्दा बढी जनसङ्ख्या रफाहमा छन् । यसअघि युद्धग्रस्त अरु क्षेत्रबाट भागेर त्यहाँ आउनेहरु धेरै छन् ।

भिडभाड बढेको रफाह शहरको अवस्था दयनीय रहेको छ । इजरायलले आक्रमण तीव्र बनाएपछि विस्थापितले खाना, पानी र औषधिको अभाव भएको गुनासो गरेका छन् । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया