मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइनकाे काम असारभित्र नसके ३ सय मेगावाट बिजुली खेर जान सक्ने

 चैत २०, २०८० मंगलबार १५:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण कार्य छिटो सक्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ ।

तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीमा रहेको नयाँ भरतपुर सबस्टेशनसम्मको लाइन निर्माण छिट्टो सक्न प्राधिकरणले ताकेता गरेको हो । आयोजनाको अनुगमन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो खण्ड आउँदो असारभित्र निर्माण सम्पन्न नभएमा झन्डै ३ सय मेगावाट बिजुली खेर जाने बताउनुभयो ।

आयोजनाका तर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिका लागि लामो कानुनी प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो ।

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ ।

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना शुरु गरिएको हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया