नेपालको आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

 चैत २०, २०८० मंगलबार १५:८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

बैंकले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि गएको वर्षको तुलनामा सुधार हुने देखाएको हो । गएको आर्थिक वर्ष नेपालको वृद्धि १ दशमलव ९ प्रतिशतमात्रै थियो । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै आउँदो आर्थिक वर्षमा देशको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

निजी क्षेत्रको लगानी न्यून भए पनि पर्यटन क्षेत्रको पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले नेपालको वृद्धिलाई सघाउने विश्व बैंकले जनाएको छ । तर भारत, खाडीका देश र मलेसियाजस्ता देशहरूको सुस्त आर्थिक वृद्धिका कारण रेमिट्यान्स र पर्यटन आयमा गिरावट आउन सक्ने जोखिम पनि रहेको विश्व बैंकको निष्कर्ष छ । बैंकले व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।

विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले आर्थिक वृद्धिदर र गरिबी न्यूनीकरणमा सरकारले पुँजीगत खर्च कार्यान्वयनमा जोड दिनुपर्ने, व्यावसायिक मनोबल बढाउनुपर्ने र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनुपर्ने बताउनुभयो ।

आउँदो वर्ष दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा धेरै भारतको वृद्धिदर साढे सात प्रतिशत हुने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया