शेयर बजार लगातार चाैथाे दिन घट्याे

 चैत २१, २०८० बुधबार १८:१४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । गएको आइतवारदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ४३ अङ्कले घटेर दुई हजार छ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज जीवन बीमा, माइक्रोफाइनान्स, म्युचलबाहेक सबै समूहको शेयर घटेको छ । आज रिभर फल्स पावर कम्पनीको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज ६४ लाख ८१ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया