दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

 चैत २२, २०८० बिहिबार ६:३५:३५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

विश्व बैङ्कले  सन्  २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैङ्कले  निकालेको पछिल्लो रिपोर्टमा छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल रहेको तर कमजोर वित्तीय स्थिति र बढ्दो जलवायु प्रभावले समस्या हुन सक्ने उल्लेख छ ।

विकासलाई थप लचिलो बनाउन निजी लगानीलाई बढावा दिँदै रोजगारी वृद्धिलाई सुदृढ पार्न नीतिगत व्यवस्था गर्नु आवश्यक रहेको रिपोर्टले औल्याएको एएनआईले जनाएको छ । रिपोर्टले व्यापार खुलापन र वित्तमा पहुँच बढाउन, व्यापारिक वातावरण र संस्थाहरूमा सुधार, वित्तीय क्षेत्रका प्रतिबन्धहरू हटाउन, शिक्षामा सुधार, र महिलाको आर्थिक गतिविधिमा प्रतिबन्धहरू हटाउने जस्ता दृढ विकासलाई प्रोत्साहित गरेर रोजगारीलाई बढावा दिन विभिन्न नीतिहरू सिफारिस गरेको छ । 

यी उपायहरूले विकास र उत्पादकत्व बढाउन र जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि ठाउँ खाली गर्न पनि मद्दत गर्ने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा सन् २०२४–२५ मा सबैभन्दा बढी भारतको उत्पादन वृद्धि ७ दशमलव ५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया