नारायणगढ–बुटवल सडकअन्तर्गत पूर्वी खण्डमा कालोपत्रको काम हुँदै

 चैत २२, २०८० बिहिबार ९:४४:२७ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - नारायणगढ – बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्छ ।

नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमा हाल २९ किलोमिटर कालोपत्र गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेसनका ठेक्का सहव्यवस्थापक राकेश झाले बताउनुभयो । झाका अनुसार आउँदो साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ–बुटवल सडक विस्तार योजनाको अहिलेसम्म झण्डै आधा काम सकिएको छ ।

वि.सं.२०७५ माघमा सम्झौता भएरस्तरोन्नतिको काम थालिएको थियो । असारसम्ममा गैँडाकोटबाट दुम्किबाससम्म एकतर्फी सडक कालोपत्र गरिसक्ने लक्ष्य राखिएको सहव्यवस्थापक झाले बताउनुभयो । उहाँका अनुसार यातायात आवागमनलाई सहज पार्न पहिलो चरणमा एकतर्फी सडक कालोपत्र सक्ने योजनाअनुसार काम भइरहेको झाले बताउनुभयो ।

अहिले दैनिकजसो कालोपत्र गर्ने काम भएको र डण्डा चोरमारा खण्डमा एक, दुई दिनमा काम सकिने उहाँले बताउनुभयो । पूर्वी खण्डको कावासोती र डण्डा बजार क्षेत्रमा भने दुईतर्फी रुपमा कालोपत्र गर्ने काम भइरहेको झाले बताउनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अरु ठाउँमा चार लेनको सडक निर्माण हुनेछ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया