एनसेल र महिला उद्यमी महासङ्घबीच सहकार्य

 चैत २२, २०८० बिहिबार १४:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेल र महिला उद्यमी महासङ्घ नेपालले देशव्यापीरूपमा महिला उद्यमीकाे क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिबद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ ।

सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को अवसरमा एनसेल र महिला उद्यमी महासङ्घले महिला उद्यमीकाे विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्‍याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

चैत १६ गते ललितपुरको हेरिटेज गार्डेनमा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

एनसेलले महिला उद्यमी महासङ्घसँग आबद्ध पाँच हजार जनाभन्दा बढी महिला उद्यमीकाे क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उद्देश्य राखेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया