शेयर बजार लगातार पाँचाैँ दिन घट्याे

 चैत २२, २०८० बिहिबार १६:२५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार पाँचौँ दिन आज पनि घटेको छ । गएको आइतवारदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७३ अङ्कले घटेर दुई हजार चार दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय १० अङ्कले ओरालो लागेको छ ।

आज पिपुल्स पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मानुषी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार घटे पनि आज कारोबार रकममा भने सुधार भएको छ । हिजाे साढे दुई अर्बको कारोबार भएकोमा आज तीन सय दुई वटा कम्पनीको ६९ लाख ६३ हजार कित्ता शेयर तीन अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्स कम्पनीको २३ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया