इलाम २ उपचुनाव : नेता, कार्यकर्ता र उम्मेदवार भोट माग्न व्यस्त

 बैशाख ६, २०८१ बिहिबार ९:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैशाख १५ गते हुने उपचुनावको दिन नजिकिंदै गर्दा इलाममा दलहरुले प्रचार अभियान तीव्र पारेका छन् । नेता, कार्यकर्ता र उम्मेदवारहरु भोट माग्दै घरघरमा पुग्न थालेका छन् । प्रचार अभियानमा केन्द्रबाटै नेताहरु खटिएका छन् ।

एमालेले हिजो देउमाईको मङ्गलबारे बजारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुनावी सभा गरेको छ । अरु दलहरुले पनि प्रचार अभियान तीव्र पारेका छन् । इलाम २ का प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि यो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

एमालेले नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । यसैगरी कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्रसिंह थेगिम, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राप्रपाबाट लक्ष्मी गुरुङसहित बिभिन्न दल र स्वतन्त्रबाट १९ जनाले उम्मेदवारी दिएका छन् ।

सबै उम्मेदवारहरुले आफ्ने जित निश्चित रहेको दाबी गर्दै आएका छन् । इलाम २ मा २०४८ साल यताका सात संसदीय चुनावमध्ये ६ वटा चुनाव एमालेले जितेको थियो । २०५६ देखि २०७९ सम्म सुवासचन्द्र नेम्वाङले जित्दै आउनुभएको थियो । यसपटक मुख्य दलहरुलाई पहिचान पक्षधरहरुबाट चुनौती रहेको विश्लेषण हुँदै आएकाे छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया