म्यानमारकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

 बैशाख ६, २०८१ बिहिबार ९:२४:३६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

कारागारमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई घरमा सारेर नजरबन्द गरिएको छ । जुन्ता सरकारले कैदीहरूलाई लू को लहरबाट जोगाउन पहल गरेको र त्यसैअनुसार सुकीलाई घरमा सारिएकाे एक सैन्य अधिकारीले बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

नोबेल पुरस्कार विजेता ७८ वर्षीया सुकीले २७ वर्षको कारागार सजाय काटिरहनुभएको छ । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुकीलाई नगरबन्द गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्टलाई पनि घरमा नै नजरबन्द गरिएको छ । जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण कमजोर स्वास्थ्य अवस्था रहेका बन्दीको सुरक्षामा ध्यान दिएको बताउनुभएको छ । राजधानी नेपिडाउमा तापक्रम ४१ डिग्री सेल्सियस पुग्नसक्ने तथा आउँदो हप्ता अझ तातो हुने अनुमान छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया