दक्षिण कोरिया : कृषि क्षेत्रमा संलग्न परिवारको सङ्ख्या १० लाखभन्दा तल झर्‍याे

 बैशाख ६, २०८१ बिहिबार १५:४९:२२ | एजेन्सी
unn.prixa.net

एजेन्सी

दक्षिण कोरियामा कृषि क्षेत्रमा संलग्न परिवारको सङ्ख्या पहिलो पटक १० लाखभन्दा तल झरेको छ । तथ्याङ्ग कार्यालय दक्षिण कोरियाकाअनुसार कृषि क्षेत्रमा संलग्न परिवारको सङ्ख्या गएको वर्ष अर्थात् सन् २०२३ मा १० लाखभन्दा कममा झरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको वर्ष कृषि पेशामा जोडिएका परिवारको सङ्ख्या दुई दशमलव ३ प्रतिशतले घटेको छ । सन् १९४९ मा तथ्याङ्ग राख्न थालेयता पहिलो पटक कृषिसँग जोडिएको परिवारको संङ्ख्या १० लाखभन्दा तल झरेको हो । दक्षिण कोरियामा युवाको सङ्ख्याभन्दा बुढ्यौली जनसङ्ख्या धेरै भएकाले खेती छाड्ने परिवारको सङ्ख्या बढेको खबरमा उल्लेख छ ।

दक्षिण कोरियामा कुल जनसङ्ख्याको ४ प्रतिशत अर्थात् २० लाख ८९ हजार जना कृषि पेशामा आवद्ध छन् । कुल किसान परिवारका सदस्यमध्ये सबैभन्दा बढी ३६ दशमलव ७ प्रतिशत ७० वर्ष वा ७० वर्षभन्दा बढी उमेरका छन् ।

त्यसपछि ६० वर्ष उमेर समूहका ३० दशमलव ७ प्रतिशत र ५० वर्ष उमेर समूहका १४ दशमलव ९ प्रतिशत छन् । दक्षिण कोरियामा सन् २०२३ मा देशको कुल वृद्ध जनङ्ख्याको वृद्धिदर १८ दशमलव २ प्रतिशत भन्दा धेरै थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया