पाकिस्तान र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदै

 बैशाख ६, २०८१ बिहिबार १५:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – पाकिस्तान र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल आज बेलुका सवा ७ बजे रावलपिन्डीमा शुरु हुनेछ । पाकिस्तान र न्युजिल्याण्डबीच पाँच खेलको टी–२० शृङ्खला हुन लागेको हो ।

दोस्रो खेल पर्सि शनिवार र तेस्रो खेल आइतवार रावलपिन्डीमै हुनेछ । चौथो खेल अप्रिल २५ तारिखमा र पाँचौ खेल २७  तारिखमा लाहोरको गद्दाफी स्टेडियममा हुने पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ ।

गएको फेब्रुअरीमा न्युजिल्यान्डको सुरक्षा विश्लेषण टोलीले पाकिस्तानको भ्रमण गरेपछि खेलको तालिका पक्का भएको थियो । पाकिस्तानसँग शृङ्खला खेल्ने भएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा न्युजिल्यान्डका खेलाडीले केही खेल गुमाउँदैछन् ।

यो सिजनका लागि ड्यारेल मिचेल, मिचेल सान्टनर, केन विलियम्सन, रचिन रविन्द्र, ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्स र लकी फोर्गुसन लगायतका खेलाडी आईपीएलका विभिन्न टोलीमा अनुबन्धित छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया