कञ्चनपुरमा आगलागीबाट झण्डै १० बिघा जमिनको गहुँबाली नष्ट

 बैशाख ७, २०८१ शुक्रबार ९:१७:१ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिजो गहुँबालीमा आगलागी हुँदा झण्डै १० बिघा जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा हावाहुरी चल्दा रुखको हाँगा बिजुलीको तारमा खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय वीरसिंह सुनार, चन्द्रबहादुर सुनारसहित १५ जना किसानको गहुँबालीमा आगलागीबाट क्षति भएको छ । स्थानीयबासिन्दा, सुरक्षा निकाय, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकललगायतको सहायताले आगो निभाइएको छ । भित्र्याउने बेलाको गहुँ खेतमै जलेपछि किसान चिन्तामा परेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया