पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज

 बैशाख १३, २०८१ बिहिबार १०:१५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस । उहाँको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ । वि.सं.१९७८ सालमा काठमाण्डौमा जन्मनुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभएको थियो । अधिकारी नेतृत्वको सरकारले नै बृद्धभत्ता वितरण गर्न शुरु गरेको थियो । एक सय रुपैयाँबाट शुरु भएको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ । नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व रुपमा मनमोहनलाई चिनिन्छ ।

अङ्ग्रेजविरूद्धको भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया