काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने

 बैशाख १५, २०८१ शनिबार १५:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने भएको छ । मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि बन्द रहेको सडकमा काम पूरा नभएकाले अब दैनिक तीन घण्टामात्र खुलाउन लागिएको हो ।

मकवानपुरको हेटौँडाबाट ठिङ्गन, बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटो जोडिने यो सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म तीन घण्टा खुला रहने कान्ति लोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले बताउनुभयो ।

उहाँका अनुसार अब बाँकी काम गर्दै अर्को महिना जेठ १५ गतेसम्म सडक तीन घण्टामात्रै खुल्नेछ । यो सडक २०१३ सालमा शिलान्यास भएको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया