कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन
कात्तिक १५, २०८१ बिहिबार
गोली लागेर घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर प्रधानमन्त्री फिको बाहिर निस्कने क्रममा हिजो उहाँमाथि गोली प्रहार भएको थियो । पेट, हात र खुट्टामा चोट लागेका उहाँलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उहाँको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ । घटनापछि सार्वजनिक भएको भिडियोमा गोली चलेलगत्तै सुरक्षाकर्मीहरु गोली चलाउने व्यक्तिलाई पक्राउ गर्न दौडिरहेको देखिन्छ ।
स्लोभाकियाका राष्ट्रपति जुजाना सापूतोवाले हमलाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँ लगायत त्यहाँका अरु राजनीतिज्ञले गोली काण्डलाई लोकतन्त्रमाथिको आक्रमण भनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।