सत्तापक्ष र प्रतिपक्षको आआफ्नै अडानले संसदको गतिरोध लम्बिने सङ्केत

 जेठ ३, २०८१ बिहीबार ८:४९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सत्तापक्ष र प्रतिपक्ष दलका आआफ्नै अडानका कारण संसदको गतिरोध लम्बिने देखिएको छ । आज बिहान ११ बजे संसद बैठक बस्नुअघि सहमति खोज्ने भनिए पनि दलहरु आआफ्नै अडानमा रहेका कारण निकास निस्कन सकेको छैन ।

सत्तारुढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउँदै आएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले पोखरा र बुटवलको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न रहेको पुष्टि भएकोले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटग्रस्त सहकारीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने मध्यमार्गी प्रस्ताव गरे पनि यसमा एमाले र रास्वपाको असहमति छ । सरकारका नीति तथा कार्यक्रम संसद्बाट पारित आउँदो १५ मा बजेट ल्याउने दबाब सरकारलाई छ ।

हिजो प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेबीच भएको भेटमा लामिछानेले आफूमाथि निरन्तर आरोप लागेकाले संसद्मा जवाफ दिने आफ्नो अधिकार भएको बताउनुभएको छ । सहमतिको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले आज पनि दलहरूसँग संवाद गर्दै हुनुहुन्छ । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया