तपाईँहरु ढुक्क भएर कलम चलाउनुहोस् : उपाध्यक्ष पोख्रेल

 मंसिर १४, २०७५ शुक्रबार १७:७:४९ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पत्रकारलाई ढुक्कसँग भएर कलम चलाउन आग्रह गर्नुभएको छ । 

पछिल्लो समय सरकारले नियम कानुन मिचेरे पत्रकारलाई गिरफ्तार गर्न थालेको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ  । 

नेपाल पत्रकार महासंघ सल्यान शाखाले शुक्रबार सदरमुकाम खलंगामा आयोजनामा गरेको पत्रकार सुरक्षा र आचारसंहिता पालनाको अवस्था विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेले एक पत्रकार असुरक्षित हुँदा आम नागरिक सूचनाको पहुँचबाट विमुख हुने बताउनुभयो ।

आम नागरिक सूचनाबाट विमुख हुने कार्य राज्य पक्ष र स्वयम पत्रकारले गर्न नहुनेमा उहाँले जोड दिनुभयो । ‘पछिल्लो समय राज्यबाट पत्रकार र पत्रकारिता सुरक्षित हुन नसकिरहेको समयमा पत्रकार स्वयमले आचारसहिंतालाई पालना गर्नुु पदर्छ’, उहाँले भन्नुभयो ।

पत्रकार र पत्रकारिताको सुरक्षा गर्ने राज्यको दायित्व भए पनि समाचार प्रकाशन प्रसारण भएकै कारण प्रेसमाथि हस्तक्षेप भइरहेका भन्दै उहाँले यसप्रति पत्रकार महासंघको आपत्ति रहेको बताउनुभयो । 

हाल सरकारले ल्याएको फौजदारी सहिंता आम पत्रकारको हितमा नरहेको बताउँदै उहाँले सरकारलाई खबरदारी गर्दै आइरहेको र यदि सरकारले त्यस विषयमा पुनर्विचार नगरेमा सडकमै भए पनि आउनु पर्नेमा उहाँको जोड थियो । ‘राज्यले पत्रकारिताई कुण्ठित पार्ने गरी जुन सहिंता ल्याइएको छ त्यो पत्रकारको हितमा छैन त्यसैले यसलाई परिवर्तन गर्नु पर्छ’, उहाँले भन्नुभयो । 

समाचार सत्य र गलत भनेर छुट्याउने निकाय प्रेस काउन्सिल हुँदाहुँदै सरकारले पत्रकारिता आचार संहिताविरुद्ध लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाचार सत्य लेख्नुपर्छ, त्योे हरेक पत्रकारको धर्म र कर्तव्य हो तर झुटो भएमा खबरदारी गर्ने काम प्रेस काउन्सिलको हो ।’ पत्रकारलाई कारबाही र मुद्दा लगाउने अधिकार अरु कसैको नभएको उहाँले बताउनुभएको छ । 

कार्यक्रममा बोल्दै महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सुदिप गौतमले पछिल्लो समयमा पत्रकार राज्यबाट असुरक्षित भएको भन्दै डराउन आवश्यक नभएको बताउनु भएको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले पत्रकारले सत्य र निष्पक्ष तरिकाले कलम चलाउनु पर्ने बताउनुभएको छ । पत्रकारलाई चौतर्फीबाट हेरिने भएकाले पत्रकारले जे सूचना दियो त्यही जनमानसमा जाने भन्दै उहाँले आचारसंहिताको पालन पत्रकारले गर्नुपर्न बताउनुभयो । उहाँले सरकार पनि नीति नियममा जानुपर्ने बताउनुभयो।

सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले पत्रकारले आप्mनो पेशामा आँच आउने खालको कुनै पनि काम गर्न नहुने बताउनुभयो । सल्यानमा पत्रकारलाई राज्यबाट कुनै सुरक्षा चुनौती नभएको भन्दै उहाँले केन्द्रको बारेमा आफू बोल्न नमिल्ने बताउनुभयो । 
 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया