लागत नघटेको निष्कर्षसहित फ्रि भिसा र टिकट पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव

 जेठ २९, २०७५ मंगलबार १८:४०:३२ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले निःशुल्क भिसा र निःशुल्क टिकट पुनरावलोकन गर्न सरकारलाई सुझाव दिएको छ । निःशुल्क भिसा र टिकटको प्रावधानले कामदारको विदेश जाने लागतमा केही कमी ल्याएपनि अपेक्षाकृत लागत नघटेको निष्कर्ष सहित बैंकले यस्तो सुझाव दिएको हो । 

निःशुल्क भिसा तथा टिकटको प्रावधानको वैदेशिक रोजगारीमा प्रभाव विषयको रिपोर्ट सार्वजनिक गर्दै बैंकको अनुसन्धान विभागले गन्तव्य मुलुकका सरकारसँग प्रत्यक्ष सम्झौता गरी आफ्नो प्रावधानबारे जानकारी गराएर निःशुल्क भिसा र टिकटको व्यवस्था लागु गर्नुपर्ने पनि सरकारलाई सुझाव दिएको छ ।

गन्तव्य मुलुकसँग सम्झौता गर्न सम्भव नभएमा विदेशमा कामबापत पाउने आम्दानीको आधारमा निश्चित भन्दा कम मासिक आय प्राप्त गर्नेको हकमा निःशुल्क भिसा र टिकट लागू गर्न र तोकिएको न्यूनतम भन्दा बढी आम्दानी प्राप्त हुने कामका लागि मापदण्ड तयार गरी व्यवसायीले लिन पाउने रकमलाई आम्दानीसँग आवद्ध गर्न उपयुक्त हुने राष्ट्र बैंकको सुझाव छ । 

सरकारले २०७२ जेठ २६ गतेदेखि कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराईन र ओमान गरी खाडीका ६ वटा र मलेसियामा जाने कामदारको लागि रोजगारदाता कम्पनीले भिसा र आतेजाते हवाई टिकट वापत लाग्ने खर्च व्यहोर्ने व्यवस्था गरेको थियो । कामका लागि विदेश जाने कुल व्यक्तिमध्ये ९५ प्रतिशत सरकारले निःशुल्क भिसा र टिकटको व्यवस्था लागु गरेका देशमा जाने गरेका छन् । नेपाल भित्रिने कुल विप्रेषणमा यी देशहरुको हिस्सा झण्डै ७० प्रतिशत छ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रीतु थेबे

थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया