नुवाकोटमा ४५ हल गोरु जुधाइयो (फोटो फिचर)

 माघ १, २०७५ मंगलबार १९:५३:२० | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटमा माघे संक्रान्तिका अवसरका गोरु जुधाउने परम्परा फैलँदै गएको छ ।

पहिले तारुकामा मात्र गोरु जुधाइने गरेकोमा अहिले अन्य चार ठाउँमा पनि भव्यताका साथ गोरु जुधाउन थालिएको छ । लिखुको कट्टिछाप र शिवपुरीको शेराबगर पनि यो वर्षदेखि गोरु जुधाइने स्थानको सूचीमा थपिएको छ । 

तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको छ । सबैतिर गरेर ५३ हल गोरु जुधाइने भने पनि किसानहरुले आफ्ना गोरु विभिन्न कारण देखाएर नल्याएकोले ८ हल कम भएको हो ।

जिल्लाका विभिन्न स्थानमा पहिले–पहिले गोरु जुधाउने गरिएकोमा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरीका जुरे बहर गोरुहरु एकै थलोमा जुधाउने चलनको सुरु गर्‍यो । यहाँको गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्युँताउने काम भएको छ । 

सबैभन्दा धेरै तारकेश्वर–३, तारुकामा २२ हल गोरु जुधाइएको छ ।     

यस्तै, २०६७ सालबाट सुरु भएको बेत्रावतीमा यो वर्ष ८ हल गोरु जुधाइएको छ । यस्तै २०७१ सालबाट सुरु भएको पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा यो वर्ष ८ हल गोरु जुधाइएको छ । यस्तै, यही वर्षबाट गोरु जुधाउन थलिएको लिखु– ३, कट्टिछापमा ३ हल गोरु र शिवपुरी गाउँपालिकाको शेरा बगरमा ४ हल गोरु जुधाइएको छ । 

हेर्नुहोस् नुवाकोटको तारुका र बेत्रावतीको गोरु जुधाइका तस्बिरहरु 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया