२१ औँ भूकम्प सुरक्षा दिवसका केही झलकहरु

 माघ २, २०७५ बुधबार १४:१७:३४ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – २१ औँ भूकम्प सुरक्षा दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

ललितपुरमा दिवस विशेष कार्यक्रम गरिएको हो । पाटन दरबार क्षेत्रमा भूकम्प स्मृति सभा गरिएको छ । 

सभाअघि ललितपुरका चार ठाउँबाट र्याली निकालियो । ललितपुर महानगरपालिकाका पुल्चोक, गछें, गुइटोल र लगनखेल बसपार्कबाट प्लेकार्डसहित र्‍याली निकालिएको हो । 

र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र बल, नेपाली सेना, स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा थियो । यस वर्ष ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नारासहित २१ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । 

विक्रम सम्वत १९९० सालमा गएको भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।

 

 

 

 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया